वैशाख १३, २०८१ बिहिबार April 25, 2024

सुनको भाउको घट्यो, चाँदी भने स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले घटेको हो। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २००  रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । सोही दिन छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया