काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ ।
अब त्यसमा के-के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया