वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

माओवादी स्थायी समिति बैठक आज पनि बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक केहिबेरमा शुरु हुदैछ ।

हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए। हिजो बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।

प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए। आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया