वैशाख २४, २०८१ सोमबार May 6, 2024

राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौं – अध्यक्ष लिङ्देन

नेपालमा पनि राजसंस्था राख्नका लागि हीनताबोध नगर्न र नयाँ समझदारीका साथ राजसंस्था पुनर्स्थापना गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कतारका राजालाई नेपाल सरकारले राखेको स्वागत कार्यक्रमको प्रशंसा गरेका छन् ।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग राख्दै नेपालमा पनि राजसंस्था राख्नका लागि हीनताबोध नगर्न र नयाँ समझदारीका साथ राजसंस्था पुनर्स्थापना गर्न आग्रह गरेका छन् ।

मंगलबार कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा स्वागत गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् –

लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ।
कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।
यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो। त्यसैले हिनताबोध नगरौँ ! नवीन समझदारी गरौंँ !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !!!

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया