जेठ ५, २०८१ शनिबार May 18, 2024

लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा

आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्समाथि दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्समाथि दोस्रो जित हात पारेको छ । टोलीले आइतबार यस सिजनको ५४ औँ खेलमा लखनउलाई ९८ रनले पराजित गरेको हो ।

यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोलीको १६ अंक छ । टोली प्लेअफमा पुग्नबाट एक जित मात्र टाढा छ ।

लखनउले घरेलु मैदान भारतरत्न श्री अटल बिहारी वाजपेयी (एकना) स्टेडियममा टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनायो । एकना रंगशालामा पहिलो पटक २०० भन्दा बढी रनको स्कोर बनाइएको थियो ।

कोलकाताले सिजनमा छैटौं पटक २००ं माथि रन बनाएको छ । जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो । कोलकाताका सुनिल नारायणले ३९ बलमा ८१ रनको इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै, फिल साल्ट र अङ्क्रिश रघुवंशीले ३२–३२ रन बनाए । रमनदीपले ६ बलमा अविजित २५ रन बनाए । कप्तान श्रेयस अय्यरले २३ रन जोडे । लखनउका नवीन उल हकले ३ विकेट लिए । यश ठाकुर, रवि बिश्नोई र कन्सन प्लेयर युधवीर सिंहले एक–एक विकेट लिए ।

एलएसजीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५ रनको इनिङ खेले । कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले ३–३ विकेट लिए । आन्द्रे रसेलले २ विकेट लिए भने मिचेल स्टार्क र सुनिल नारायणले एक–एक विकेट लिए ।

आजको खेलः मुम्बई इन्डियन्स भर्सेस सनराइजर्स हैदरावाद – साँझ ७ः४५ बजे

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया