मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव

स्थानीय सरकार, विद्यालयका प्रधानाध्यापक र समुदायबीच समन्वय हुन सके मात्रै मधेसको शैक्षिक अवस्था सुधार गर्न सकिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, ४ मङ्सिरः पूर्वराष्ट्रपति डा. रामवरण यादवले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) को केन्द्रीय अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले स्थानीय सरकार, विद्यालयका प्रधानाध्यापक र समुदायबीच समन्वय हुन सके मात्रै मधेसको शैक्षिक अवस्था सुधार गर्न सकिने बताउनुभयो ।

विगतमा शिक्षा समुदायको स्वामित्व र प्रत्यक्ष निगरानीमा रहेकाले विद्यालयप्रति स्थानीय समुदायको अपनत्व र जिम्मेवारी बढी हुने गरेको उल्लेख गर्दै उहाँले शिक्षा सरकारी नियन्त्रणमा गएपछि गुणस्तर खस्किएको धारणा राख्नुभयो ।

शिक्षा सुधारको प्रमुख आधार समुदायको सक्रिय सहभागिता भएको बताउँदै उहाँले स्थानीय तहले शिक्षाको जिम्मेवारी लिनुपर्ने र प्रधानाध्यापकले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । समुदायको सहभागिता अभिवृद्धिका लागि तीनै तहका सरकारले आवश्यक सहयोग र सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र शिक्षण प्रणाली प्रभावकारी बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्व विकास र नीतिगत सुधारका विषयमा बहस गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको प्यान मधेस प्रदेशका संयोजक सञ्जयकुमार झाले जानकारी दिनुभयो ।

अधिवेशन मङ्सिर ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ, नीतिनिर्माता, जनप्रतिनिधि तथा शैक्षिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार