जेठ ५, २०८१ शनिबार May 18, 2024

एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन्। पार्टीको शनिबार सम्पन्न नवौं अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन्।

पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भएका छन्।

नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका छ सय आठ प्रतिनिधिमध्ये पाँच सय ७३ जनाले मतदान गरेका थिए। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो।

खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र संगीता कँडेल निर्वाचित भएका छन्। अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छ : उपाध्यक्ष पाण्डे
२०८१ जेठ ५, शनिबार
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
२०८१ जेठ ५, शनिबार
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति
२०८१ जेठ ५, शनिबार
संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा
२०८१ जेठ ५, शनिबार
डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
२०८१ जेठ ५, शनिबार
प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन
२०८१ जेठ ५, शनिबार
व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
२०८१ जेठ ५, शनिबार