जेठ ५, २०८१ शनिबार May 18, 2024

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ ।

भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै लेखेको छ- ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।”

गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्शाको तस्वीर राख्ने निर्णय गरको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छ : उपाध्यक्ष पाण्डे
२०८१ जेठ ५, शनिबार
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
२०८१ जेठ ५, शनिबार
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति
२०८१ जेठ ५, शनिबार
संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा
२०८१ जेठ ५, शनिबार
डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
२०८१ जेठ ५, शनिबार
प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन
२०८१ जेठ ५, शनिबार
व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
२०८१ जेठ ५, शनिबार