श्रावण १, २०८२ बिहिबार July 17, 2025

आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा

सुडानी मारिनु अमेरिका र सहयोगी देशका लागि सुखद खबर भएको रक्षामन्त्री अस्टिनको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ ।

अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानी मारिनु अमेरिका र सहयोगी देशका लागि सुखद खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।

सुडानीको गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानीमा कारबाही गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

सुडानीले अफ्रिकी देश तथा अफगानिस्तानमा आईएस गतिविधिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिकाको दाबी छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार