जेठ २३, २०८३ शनिबार June 6, 2026

युरोपेली संघ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति

अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारसँग सम्बन्ध बलियो बनाउन थप प्रयास गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । युरोपेली संघ (इयु) र इन्डोनेशियोले स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति भएको घोषणा गरेका छन ।

यो कदम विश्वव्यापी व्यापारमा अमेरिकी राष्ट्रपतिका कदमका बीचमा धेरै महत्त्वपूर्ण रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै ईयू प्रमुख उर्सुला फोन डर लायनले आफूहरु अहिले चुनौतीपूर्ण एवम् आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरताको चरणमा रहेको बताए ।

यो समयमा साझेदारहरूले अझ नजिक भएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति हासिल गरेको बताए ।

युरोपेली सङ्घका २७ देश र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियाबीच सन् २०१६ देखि व्यापार र लगानी बढाउन सम्झौता गर्न वार्ता हुँदै आएको थियो ।

युरोपेली आयोगले यो सम्झौता ठूलो उपलब्धि भएको र आउँदो सेप्टेम्बरमा यो औपचारिक रूपमा टुङ्गिने बताएको छ ।

अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारसँग सम्बन्ध बलियो बनाउन थप प्रयास गरिरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार