मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

अमेरिकाभित्र बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सिएनएनले जनाएको छ ।

गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन । तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ । योजनालाई कार्यान्वयन गर्ने जनशक्ति इरानसँग छ कि छैन भन्नेमा भने अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको छ ।

अमेरिकाभित्र बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचरले प्राप्त गरेको स्रोतले जनाएको छ । यस्तो पदार्थ परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ । यसले ठूलो भय फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जयानीसँग कुराकानी गर्दै बहराइनमाथि इरानको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले खाडी क्षेत्रका साझेदारहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धता दोहो¥याउनुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उता, उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्व लामो युद्धमा परिणत नहुने बताउनुभएको छ । फक्स न्युजसँग कुरा गर्दै उहाँले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भए पनि मध्यपूर्वमा लामो सैन्य प्रतिबद्धता कायम राख्ने अमेरिकी नीति नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रपति ट्रम्पले अनुकूल परिणामसहित द्वन्द्व अन्त्य गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीलाई ९ गोलले हराउँदै आर्मी महिला गोल्डकपको सेमिफाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार