मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार

दशौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर, मङ्सिर १ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन्। प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनल चरणबाट उनीहरू राष्ट्रिय प्रतियोगिताका लागि छानिएका हुन्।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न छनोट प्रतियोगिताबाट एकल काता, समूह काता र कुमुते विधामा खेलाडी छनोट भएको कराते कञ्चनपुरका प्रशिक्षक वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो। छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

एकल कातातर्फ पुरुषमा कञ्चनपुरका नागेश थलाल र महिलामा पार्वती पार्की छनोट भएका छन्। समूह कातातर्फ पुरुषमा कैलालीका प्रवेश मल्ल, मिलन कार्की र हेमबहादुर बोगटी तथा महिलामा कञ्चनपुरका सुदिका अधिकारी, ज्यासमिनु मार्कण र निशा चौधरी छनोट भएका छन्।

कुमुतेतर्फ महिलाको ४५ किलो तौल समूहमा कैलालीकी पूजा सुनार, ५० किलोमा कञ्चनपुरकी आयुसा ताम्राकार, ५५ किलोमा कैलालीकी करुणा जाग्री, ६१ किलोमा गरिमा मल्ल र ६८ किलोमा मनिषा बोहरा छनोट भएका छन्।

पुरुष कुमुतेतर्फ ५० किलो तौल समूहमा कैलालीका छत्र थापा, ५५ किलोमा दार्चुलाका सुरेन्द्र लोहार, ६० किलोमा कैलालीका लक्ष्मण बिसी, ६७ किलोमा अर्जुन थापा, ७५ किलोमा सन्देश पार्की, ८४ किलोमा कमल ओली तथा ८४ किलोभन्दा माथिको तौल समूहमा लोकेश पार्की छनोट भएका छन्।

यसैबीच, सुदूरपश्चिम प्रदेश कराते महासङ्घले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई नगद एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। महेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा महासङ्घका अध्यक्ष त्रिलोक्यनाथ पाण्डेले यस्तो घोषणा गर्नुभएको हो।

प्रशिक्षक चन्दले अध्यक्ष पाण्डेको घोषणाले छनोट भएका खेलाडीलाई थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलाडीको मेहनतको सम्मान र पदक जित्ने लक्ष्य हासिल गर्न पुरस्कार घोषणाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा कञ्चनपुर, कैलाली र डडेल्धुरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन भइरहेका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आठ खेलको छनोट प्रतियोगिता अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार कराते, तेक्वान्दो, महिला तथा पुरुष कबड्डी र ह्यान्डबललगायत खेलको छनोट सम्पन्न भएको छ।

प्रदेश खेलकुद परिषद्का अनुसार सुदूरपश्चिममा कात्तिक २८ देखि मङ्सिर १ गतेसम्म प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार