मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनलमा पुग्न आज लुम्बिनी र सुदूरपश्चिम आमनेसामने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई फाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको छ। पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर–२ खेल्ने अवसर पाउनेछ।

साविक विजेता लुम्बिनी लायन्सले लिग चरणमा सात खेल खेल्दा पाँचमा जित र एकमा हार बेहोर्दै ११ अंक जोडेर शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिम रोयल्सले पनि पाँच खेलमा जित निकाल्दै दुई खेलमा पराजय बेहोरेको थियो। उसले १० अंकसहित लिग चरण दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो।

लुम्बिनी र सुदूरपश्चिमबीच यस सिजनको उद्घाटन खेलमै प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। त्यसैले आजको खेलमा सुदूरपश्चिमसँग उद्घाटन खेलको हारको बदला लिँदै फाइनलमा पुग्ने अवसरसमेत हुनेछ।

हेड टु हेडमा भने दुवै टोली बराबरी अवस्थामा छन्। हालसम्म यी दुई टोलीबीच चार खेल हुँदा दुवैले समान दुई–दुई खेल जितेका छन्। यसले पनि पहिलो क्वालिफायरमा दुवै टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।

पहिलो क्वालिफायर जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ। पराजित टोलीले भने दोस्रो क्वालिफायरमा अर्को अवसर पाउने भएकाले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार