कार्तिक २८, २०८३ शनिबार November 14, 2026

एनपिएल : विराटनगरले साविक विजेता लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन बनाए ।

ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे । शेहान जयासूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । विराटनगरलाई प्लेअफ सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने अवस्था छ । यस खेलमा पराजित भएमा विराटनगर प्लेअफ होडबाट बाहिरिनेछ । यस्तै लुम्बिनीले यस खेल जितेमा शीर्ष स्थान उक्लेनछ र पहिलो क्वालिफायर खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी
२०८३ कार्तिक २८, शनिबार
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक, कार्तिक शुक्ल पक्षभरि मेला
२०८३ कार्तिक २८, शनिबार
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
२०८३ कार्तिक २८, शनिबार
व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा
२०८३ कार्तिक २८, शनिबार