काठमाडौँ, २८ कात्तिक: महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य दिएको छ ।
आज भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनायो ।
भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक-एक विकेट लिइन् ।
भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले आगामी वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया