कार्तिक २८, २०८३ शनिबार November 14, 2026

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २८ कात्तिक: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको छ । सभापति निवासमा आज भएको छलफलमा उहाँले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिनुभएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

मुख्य सचेतक बुर्लाकोटीले भ्रमणको आवश्यक तयारी र प्रभावकारी सहभागिताका लागि सभापति लामिछानेद्वारा मार्गनिर्देशन प्राप्त भएको उल्लेख गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाँदैछ ।

भ्रमण टोलीमा महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि सहभागी हुनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
२०८३ कार्तिक २८, शनिबार
विश्वासको मत लिनुअघि मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
२०८३ कार्तिक २८, शनिबार
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार