कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह

नयाँ पुस्तालाई अग्रजको संघर्ष र योगदानबारे जानकारी दिन बिजुक्छेँको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ख्वप (भक्तपुर) । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक राजनीतिक विषयमा आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताए। भक्तपुरमा किसानको बाहुल्यता रहेकाले यहाँको विकास प्रक्रिया केही ढिलो भए पनि उल्लेखनीय प्रगति भएको उनले बताए।

भक्तपुरका जनता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले अहिलेको पुस्ताले विगतका सङ्घर्ष प्रत्यक्ष रूपमा नदेखेकाले समाज रूपान्तरणका लागि अग्रज पुस्ताले गरेका विभिन्न आन्दोलन र सङ्घर्षका गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए। विगतका सङ्घर्ष, अनुभव र योगदानलाई स्मरण गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने उनको भनाइ थियो।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापना गर्न यहाँका अग्रजले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहेको बताए।

ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा ख्वप इञ्जिनियरिङ कलेजलाई उत्कृष्ट कलेज बनाउने दिशामा अघि बढिरहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार