कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

एनपिएलमा चितवन राइनोजको तेस्रो जित, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

मलानको अविजित ३५ रनमा चितवनको जनकपुरमाथि सहज जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

चितवनका लागि डेविड मलानले अविजित ३५, कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि राहुल यादवले ३, ललितनारायण राजवंशीले २ र विशाल सुस्लिङले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो । जनकपुरका लागि कप्तान हरमित सिंहले २५, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १०/१० रन बनाए ।

बलिङतर्फ चितवनका लागि रञ्जित कुमारले ३, कप्तान सिकन्दर रजा र कामिल मिसराले समान २/२ तथा रिजन ढकाल र कमल सिंह ऐरीले १/१ विकेट लिए ।

यो जीतपछि चितवन अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले ६ खेल खेल्दा ३ खेलमा जीत, २ खेलमा पराजय र १ खेलमा वर्षाका कारण अंक बाँडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया