कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरूलाई खुवाए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार  न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराउनुभएको हो । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गर्नुभएको थियो ।
यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया