कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

परिवारका ६ सदस्य गुमाएका अवधेश यादव अस्पताल भर्ना

दुर्घटनाले एकै परिवारका धेरै सदस्य गुमाएपछि यादव परिवार शोकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको इभी हाइस दुर्घटनामा परिवारका ६ जना सदस्य गुमाएका सर्लाही चक्रघट्टा–४ का अवधेश यादव आफैँ बिरामी परेका छन् ।

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका यादवको स्वास्थ्यमा अचानक समस्या आएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो । रक्तचाप कम भएपछि उनलाई हेटौँडा अस्पताल लगिएको बताइएको छ ।

परिवारका छ जना सदस्य गुमाएपछि यादव गहिरो शोकमा परेका थिए । घटनापछि भावविव्हल बनेका उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि रक्तचाप घटेको बताइएको छ ।

यादवलाई अहिले हेटौँडा अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ । दुर्घटनाले एकै परिवारका धेरै सदस्य गुमाएपछि यादव परिवार शोकमा डुबेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया