कार्तिक २८, २०८३ शनिबार November 14, 2026

एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो

लुम्बिनी, सुदूरपश्चिम, काठमाडौं र चितवन एनपीएलको प्लेअफमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै विराटनगर किंग्स प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ।

विराटनगरले प्रस्तुत गरेको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। लुम्बिनीको जितका लागि ओपनरद्वय डार्सी सर्ट र आसिफ शेखले समान ४५–४५ रनको महत्वपूर्ण योगदान दिए। यसैगरी अली शेखले २७ र सन्दीप जोराले नटआउट २५ रन बनाए भने अन्त्यमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई तथा चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रनको योगफल तयार पारेको थियो। विराटनगरका लागि चरिथ असलंकाले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतले ६४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। साथै, शुभम रन्जानेले अविजित ३१, इमरान शेखले २४ र लोकेश बमले १५ रन जोडे। बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा अभिषेक गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए।

यस खेलको नतिसँगै एनपीएलको तेस्रो संस्करणमा प्लेअफ खेल्ने चार टोलीहरूको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सको यात्रा समूह चरणबाटै समाप्त भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी
२०८३ कार्तिक २८, शनिबार
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक, कार्तिक शुक्ल पक्षभरि मेला
२०८३ कार्तिक २८, शनिबार
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
२०८३ कार्तिक २८, शनिबार
व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा
२०८३ कार्तिक २८, शनिबार
रौतहटमा छठको तयारी तीव्र, घाटदेखि बजारसम्म बढ्यो चहलपहल
२०८३ कार्तिक २८, शनिबार