कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी

जापानको रक्षा बजेट पछिल्ला वर्षहरूमा लगातार बढ्दै कीर्तिमानी स्तरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टोकियो, २८ कात्तिक : जापान सरकारले आगामी पाँच वर्षमा रक्षा खर्च उल्लेख्य रूपमा बढाएर ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरेको छ। जापानी समाचार संस्था क्योदो न्युजका अनुसार आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मको अवधिका लागि सरकारले उक्त रक्षा बजेट प्रस्ताव गर्ने योजना बनाएको हो।

रिपोर्टअनुसार जापानले आफ्नो सैन्य क्षमता विस्तारका लागि ठूलो सङ्ख्यामा ड्रोन, गोलीगट्ठा तथा क्षेप्यास्त्र खरिदलाई प्राथमिकता दिनेछ। यसका लागि सरकारले राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी तीन प्रमुख दस्तावेज संशोधन गर्ने तयारी गरेको छ।

सन् २०२२ को अन्त्यमा तयार गरिएका ती दस्तावेजमा आर्थिक वर्ष २०२३ देखि २०२७ सम्म पाँच वर्षका लागि करिब ४३ ट्रिलियन येन रक्षा खर्च गर्ने लक्ष्य निर्धारण गरिएको थियो। प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले यसै वर्षको अन्त्यसम्ममा उक्त दस्तावेज संशोधन गर्ने योजना बनाएको छ।

जापानको रक्षा बजेट पछिल्ला वर्षहरूमा लगातार बढ्दै कीर्तिमानी स्तरमा पुगेको छ। यसले देशभित्र सैन्य खर्च विस्तारबारे चिन्ता र विरोधसमेत बढाएको छ।

सरकारको सैन्य विस्तार नीति, रक्षा बजेटमा निरन्तर वृद्धि तथा त्यसबाट सर्वसाधारणमाथि पर्ने थप आर्थिक भारको विरोधमा जापानी नागरिकहरूले यस वर्ष विभिन्न स्थानमा पटक–पटक प्रदर्शन गरेका छन्।

जापानी सञ्चारमाध्यम ‘टोकियो शिम्बुन’ले रक्षा खर्चमा भइरहेको वृद्धिले जनताको दैनिक जीवन, सामाजिक सेवा तथा कल्याणकारी कार्यक्रमका लागि छुट्याइने बजेटमा दबाब पर्न सक्ने टिप्पणी गरेको छ।

जापानको प्रस्तावित नयाँ रक्षा बजेटले आगामी वर्षहरूमा देशको सुरक्षा नीति र सार्वजनिक खर्चको प्राथमिकताबारे बहस थप चर्काउने देखिएको छ। रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी
२०८३ कार्तिक २८, शनिबार
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक, कार्तिक शुक्ल पक्षभरि मेला
२०८३ कार्तिक २८, शनिबार
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
२०८३ कार्तिक २८, शनिबार
व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा
२०८३ कार्तिक २८, शनिबार
रौतहटमा छठको तयारी तीव्र, घाटदेखि बजारसम्म बढ्यो चहलपहल
२०८३ कार्तिक २८, शनिबार