कार्तिक २८, २०८३ शनिबार November 14, 2026

पाकिस्तानलाई १ रनले हराउँदै भारतले जित्यो नवौँ पटक यू-१९ एसिया कपको उपाधि

अन्तिम बलमा चौका हान्दै भारतले जित्यो यू–१९ एसिया कप, पाकिस्तान स्तब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भारतले पाकिस्तानलाई एक विकेटले पराजित गर्दै यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो । यससँगै भारतले नवौँ पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । पाकिस्तानका उस्मान खानले १११ बलमा १०७ रनको शतकीय पारी खेले भने अब्दुल कादिरले ५४ बलमा ८० र कप्तान फरहान युसुफले ६० बलमा ६३ रन बनाए। भारतका काव्या पटेलले चार तथा चिगुरुपति वेङ्कटाले तीन विकेट लिए ।

३३८ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान लक्ष्य राजेश रायचन्दानीले ८० र आर्यवीर सहवागले ५८ रन बनाए । त्यसपछि मध्यक्रमका ब्याटरहरू लगातार आउट हुँदा भारत दबाबमा परेको थियो । मनल चौहानले ३२ बलमा ४७ रन बनाएर टोलीको जितको आशा कायम राखे ।

भारतका लागि मोहित उल्वाले अविजित ४९ रनको उत्कृष्ट पारी खेले । उनले २६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। अन्तिम विकेटका लागि चिगुरुपति वेङ्कटासँग ३० रनको साझेदारी गरेका मोहितले अन्तिम बलमा चौका प्रहार गर्दै भारतलाई रोमाञ्चक जित दिलाए । वेङ्कटा ११ रनमा अविजित रहे। यस जितसँगै भारतले पाकिस्तानसँग समूह चरणमा बेहोरेको हारको बदला पनि लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी
२०८३ कार्तिक २८, शनिबार
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक, कार्तिक शुक्ल पक्षभरि मेला
२०८३ कार्तिक २८, शनिबार
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
२०८३ कार्तिक २८, शनिबार
व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा
२०८३ कार्तिक २८, शनिबार