कार्तिक २९, २०८३ आइतबार November 15, 2026

एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य

भुर्तेल ९९ र सम्रा ८९ रनमा चम्किँदा पोखराको कीर्तिमानी योगफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई एनपिएल इतिहासकै सर्वाधिक २२५ रनको लक्ष्य दिएको छ ।

समूह चरणको अन्तिम खेल : काठमाडौँ भर्सेस पोखराकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो । एनपिएलको इतिहासमा यो अहिलेसम्मकै ठुलो योगफल हो ।

यसअघि एनपिएलको दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

पोखराका लागि कुशल भुर्तेल र युवराज साम्राले आक्रामक पारी खेले । भुर्तेल शतक बनाउनबाट एक रनले चुके । उनले ५१ बलमा ८ चौका र ८ छक्काको सहयोगमा ९९ रन बनाए । सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८९ रन बनाए । कप्तान चमिका करुणारत्ने १९ र धनन्जय लक्षण २ रनमा अविजित रहे ।

काठमाडौँका लागि करण केसीले २ तथा जहानदाद खानले एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया