काठमाडौं।राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो। कर्णालीका लागि हुसैन तलतले उत्कृष्ट ब्याटिङ गर्दै ५१ रनको अर्धशतकीय पारी खेले भने अरिफूल इस्लामले ३५ रनको योगदान दिए।
चितवनका तर्फबाट बलिङतर्फ कमलसिंह ऐरी, उसमा मिर र सलाउद्दिन खानले समान २–२ विकेट हात पारे। यसअघि नै चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने सातौं स्थानमा रहेको कर्णाली याक्स यो खेलमार्फत प्रतियोगिताको सुखद अन्त्यको खोजीमा छ।
यसैबीच, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया