कार्तिक २९, २०८३ आइतबार November 15, 2026

खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता

महाधिवेशनका क्रममा बिग्रिएको खुलामञ्चको मैदानमा कांग्रेसले रोप्यो दुबो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आइतबार दुबो रोपिएको छ ।

May be an image of one or more people and grassमहाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताइन् ।

May be an image of golf and grassउनकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो । कांग्रेसजस्तो ठुलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उनको भनाइ छ ।

उनले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गर्दा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्नेमा जोड दिइन् । कुनैपनि स्थान प्रयोग गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित आयोजककै हुने उनको भनाइ छ ।

खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेको स्थानमा दुबो रोपेर त्यसको प्राकृतिक सुन्दरता पुनः कायम गर्ने प्रयास गरिएको उनले बताइन् । रोपिएको दुबो प्राकृतिक रूपमा पनि फैलिँदै जाने उल्लेख गर्दै गौतमले केही समय त्यसको नियमित हेरचाह र संरक्षणसमेत गरिने जानकारी दिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार
बङ्गुर पालनबाट मनग्य आम्दानी
२०८३ कार्तिक २९, आइतबार
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
२०८३ कार्तिक २९, आइतबार