कार्तिक २८, २०८३ शनिबार November 14, 2026

स्थानीय निर्वाचनलाई जनताका मुद्दा र विकासका एजेन्डासँग जोड्नुपर्छ : आङगेलु शेर्पा

चुनावलाई जनताका मुद्दा,विकासको दृष्टिकोण र आर्थिक–सामाजिक रूपान्तरणका एजेन्डाका आधारमा हेर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सोलुखुम्बु,२८ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री आङगेलु शेर्पाले लोकतन्त्रको रक्षा,पार्टीको आन्तरिक एकता र जनतासँग जोडिएका विकासका एजेन्डालाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

पार्टीको १५ औं महाधिवेशनबाट सहमहामन्त्री निर्बाचित भएपछि पहिलो पटक गृहजिल्ला सोलुखुम्बुको भ्रमणमा निस्किएका शेर्पाले शनिबार जिल्लाको नेचासल्यान गाउँपालिकामा आयोजित पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएको कांग्रेस युवा नेता बाबुराम आचार्यले जानकारी दिए । नेपालको राजनीतिक इतिहासले नेपाली कांग्रेसलाई लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टीका रूपमा स्थापित गरेको बताउँदै सहमहामन्त्री शेर्पाले १५औँ महाधिवेशनले उमेर,जातजाति,धर्म,पेसा र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै पार्टीलाई थप समावेशी बनाउने आधार तयार गरेको स्पष्ट पारेका थिए।

पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राख्दै उनले नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन नभएको स्पष्ट पारे। असन्तुष्ट समूहले छुट्टै पार्टी गठन गर्न सक्ने अवस्था र कानुनी रूपमा पार्टी विभाजन भएको अवस्थालाई एउटै रूपमा बुझ्न नहुने उनले बताए।

सरकारले गलत बाटो अवलम्बन गरेमा त्यसलाई सही दिशामा ल्याउन कांग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।

आगामी स्थानीय तह निर्वाचनका बिषयमा आफ्नो धारणा राख्दै शेर्पाले चुनावलाई केवल पार्टीगत प्रतिस्पर्धाका रूपमा मात्र नभई जनताका मुद्दा,विकासको दृष्टिकोण र आर्थिक–सामाजिक रूपान्तरणका एजेन्डाका आधारमा हेर्नुपर्ने बताए। गाउँको विकास,रोजगारी सिर्जना,सांस्कृतिक संरक्षण र जनताको जीवनस्तर सुधार कांग्रेसको प्रमुख प्राथमिकता हुनुपर्ने उनको भनाई थियो।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेटघाटका क्रममा पार्टीको वर्तमान अवस्था,आगामी राजनीतिक दिशा र स्थानीय विकासका सवालमा छलफल भएको आचार्यले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी
२०८३ कार्तिक २८, शनिबार
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक, कार्तिक शुक्ल पक्षभरि मेला
२०८३ कार्तिक २८, शनिबार
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
२०८३ कार्तिक २८, शनिबार
व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा
२०८३ कार्तिक २८, शनिबार