कार्तिक २९, २०८३ आइतबार November 15, 2026

तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाईन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् ।

नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् । बैंककस्थित फेसन आइल्याण्डको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् ।

त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक प्राप्त गरेकी हुन् ।

वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजत पदक प्राप्त गरेकी थिइन् ।

शनिबार र आइतबार चलेको उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिङ्गापुर र भियतनामका करिब तीन हजार खेलाडीको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार