काठमाण्डौः पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै कम्तीमा दुई जना घाइते भएका छन् ।
डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा चार बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ । उनले भने लेखेका छन्-तीन नागरिक मारिए । कम्तीमा दुई जना घाइते भए ।
उनका अनुसार उद्धारकर्मी र प्रहरी घटनास्थलमा उद्धार गरिरहेका थिए र आक्रमणबाट भएको क्षतिको निगरानी गरिरहेका थिए ।
युक्रेनमाथि आक्रमण गरेको झण्डै एक वर्षपछि रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ । त्यस क्षेत्रलाई रुसले आफ्नो हिस्सा घोषणा गरिसकेको छ ।
युक्रेनका अनुसार यस हप्ता रुसी सेनाले पूर्वमा विशेष गरी वुग्लेदार र बाख्मुत सहरहरूमा आक्रमण बढाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनेट्स्क क्षेत्रमा मोर्चाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको टिप्पणी गरेका छन् ।-एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया