वैशाख १३, २०८१ बिहिबार April 25, 2024

सरस्वतिपुजाको अबसरमा “उच्च शिक्षा” सार्बजनिक

नेपाल भाषा र नेपाली दुबै भाषामा सार्वजनिक गरिएको लघु चलचित्र १८ मिनेट लामो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : मगन इन्टरटेन्मेन्टको निर्माण तथा रजिन महर्जनको लेखन तथा निर्देशनमा तयार भएको लघु चलचित्र “उच्चशिक्षा, एडुकेशन फर अ कमनर” सार्बजनिक भएको छ ।

माघ ११ गते कीर्तिपुर सिनेप्लेक्समा बिशेष प्रिमियर शोको आयोजना गरेर मगन इन्टरटेन्मेन्टको अफिसियल युट्यूब च्यानलबाट सरस्वतिपुजाको अबसरमा सार्बजनिकभएको हो ।

सामान्य परिवारका छोराको विदेश गएर अध्ययन गर्ने इच्छाले परिवार हुने समस्यालाई लिएर बनाइएको उक्त लघु चलचित्र १८ मिनेट लामो छ ।

लक्ष्मी कुमार महर्जन, कृष्ण भक्त महर्जन, क्रिशल श्रेष्ठ, सुदीप भजु लगाएत कलाकारहरुको अभिनय रहेको यस लघु चलचित्रका निर्माता रामचन्द्र महर्जन तथा जमुना महर्जन हुन् । यस चलचित्र नेपाल भाषा र नेपाली दुबै भाषामा सार्वजनिक गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया