असार २७, २०८२ शुक्रबार July 11, 2025

अध्यादेश तत्काल फिर्ता लिन सत्तारुढ नेकपालाई राप्रपाको यस्तो चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति संर्घषका कारण देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको बताएको छ ।

राप्रपाका पार्टी अध्यक्षत्रयले मंगलबार एक प्रेश विज्ञप्ति जारी गरी कोरोना भाइरस (कोभिड-१९) विरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्नेमा सरकार अनावश्यक काममा अल्झिएको आरोप लगाएको छ ।

‘कोभिड-१९ को महामारी विरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ‘राजनीतिक दलसम्बन्धी’ र ‘संवैधानिक परिषद्सम्बन्धी’ दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको राप्रपाको ठहर छ,’ पार्टीका तीन अध्यक्षद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भिनएको छ ।

भर्खरै दुई पार्टी मिलेर एक भएको राप्रपाले राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र प्रजातन्त्रलाई धरापमा पार्ने सम्भावना रहेको पनि उल्लेख गरेको छ । त्यस्तै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले प्रजातन्त्रको मूलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने, र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको पनि राप्रपाले बताएको छ ।

राप्रपाले सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई मध्यनजर गर्दै उक्त दुई अध्यादेश फिर्ता लिन सरकार र सत्तारुढ दल नेकपालाई समेत आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया