वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

काठमाण्डाैं शिक्षा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रा.डा.भट्टराई चयन

आगामी चार वर्षका लागि प्राध्यापक डाक्टर माधव भट्टराई बने क्याम्पसको सञ्चालक समितिको अध्यक्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चन्द्रागिरि नगरपालिका १० सतुंगलस्थित काठमाडाैं शिक्षा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा आगामी चार वर्षका लागि प्राध्यापक डाक्टर माधव भट्टराई चयन हुनु भएको छ ।

गत पाैष ३० गते सम्पन्न क्याम्पस अधिवेशन सभाबाट अनुमोदित क्याम्पस सञ्चालक समितिका सदस्यहरूको शनिबार सम्पन्न बैठकले प्रा.डा. भट्टराईलाई क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

प्रा.डा. भट्टराई क्याम्पसको निवर्तमान सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै, बैठकबाट क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा प्रा. डा. हेमाङ्गराज अधिकारी चयन हुनुभएको छ ।

क्याम्पसको सञ्चालक समिति सदस्यमा प्रा.डा. प्रेमनारायण अर्याल, हरि विनोद अधिकारी, प्रा.डा. वासुदेव काफ्ले, गाैरी प्रसाद दवाडी, चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, चन्द्रागिरि १० का वडाध्यक्ष शिवकुमार महर्जन, चन्द्रागिरि १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, डा. कान्ता भट्टराई, डा. कुस्मिता आचार्य चयन हुनुभएको छ ।

यसगरि राजेन्द्र विक्रम बानियाँ, बसन्त कुमार बराल तथा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि क्याम्पस सञ्चालक समिति सदस्यमा चयन हुनुभएको छ । क्याम्पस सञ्चालक समितिमा १५ जना पदाधिकारी रहने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्याका सेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा निधन
२०८१ वैशाख ७, शुक्रबार
चीनको अन्तरिक्ष कार्यक्रममा सैन्य गतिबिधि देखिन्छः नासा प्रमुख
२०८१ वैशाख ७, शुक्रबार
इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जावलाई ९ रनले हरायो
२०८१ वैशाख ७, शुक्रबार
कर्मचारी कार्यसम्पादनको ‘राजनीति’ : श्यामप्रसाद मैनाली
२०८१ वैशाख ७, शुक्रबार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
२०८१ वैशाख ७, शुक्रबार
डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु
२०८१ वैशाख ७, शुक्रबार
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार