वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

अर्को बैंकको एटिएमबाट पैसा झिक्दा अबदेखी १५ रुपैयाँ मात्रै लाग्ने

अवदेखि बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटिएम प्रयोग गर्दा लाग्ने शुल्क घटाएको छ । अवदेखि एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएम मेसिन प्रयोग गर्दै पैसा झिक्दा अधिकतम १५ रुपैयाँ मात्रै लाग्नेछ । यस भन्दा अगाडी अधिकतम २० रुपैयाँसम्म लाग्ने व्यवस्था थियो । ‍राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अन्तर बैंक एटिएम कारोबार गर्दा मासिक दुई वटासम्मको कारोबार निःशुल्क गर्दै आएकोमा अवदेखि यस्तो व्यवस्थालाई हटाइएको छ । विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाइएको छ ।

यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा अवदेखि प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिनेछ । वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया