वैशाख २५, २०८१ मंगलबार May 7, 2024

सेयर बजार ४.९७ अंकले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ ।

लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकीएको छ ।

मंगलबार नेप्से परिसुचकमा १५.७४ अंकले ओरालो लागेकोे थियो । सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

नेप्से परिसुचका अनुसार ११० कम्पनीमा उकालो लागेको छन  भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ ।

साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  आजका १३ उपसुचकहरु मध्ये ५ कम्पनी बाहेको सबै उपसुचकहरुमा वृद्धि भएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने
२०८१ वैशाख २६, बुधबार
मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड
२०८१ वैशाख २६, बुधबार
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त
२०८१ वैशाख २६, बुधबार
विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री श्रेष्ठ
२०८१ वैशाख २५, मंगलबार
बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई मन्त्रालयको निर्देशन
२०८१ वैशाख २५, मंगलबार
हमासद्धारा युद्धविरामसम्बन्धी सम्झाैताकाे प्रस्ताव स्वीकार
२०८१ वैशाख २५, मंगलबार
संसद्लाई समस्या समाधानको थलो बनाऔं : सभामुख घिमिरे
२०८१ वैशाख २५, मंगलबार