श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपालको फोरजी प्रयोगकर्ता १ करोड ८६ लाख

नेपालमा सबैभन्दा धेरै फोरजी प्रयोगकर्ता नेपाल टेलिकमको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा फोरजी मार्फत इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको संख्या बढ्दो क्रममा देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको असोज महिनाको एमआईएस रिपोर्ट अनुसार फोरजी प्रयोगकर्ता १ करोड ८६ लाख २८ हजार ३४५ देखिएको छ।

गत भदौमा फोरजी प्रयोगकर्ता १ करोड ८४ लाख ७० हजार ३६ जना थिए। एक महिनाको अवधिमा फोरजी प्रयोगकर्ता एक लाख ५८ हजार ३०९ ले बढेको प्राधिकरणको रिपोर्टमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै फोरजी प्रयोगकर्ता नेपाल टेलिकमका रहेका छन्। रिपोर्ट अनुसार नेपाल टेलिकमबाट फोरजी सेवा उपयोग गर्ने ग्राहक १ करोड १५ लाख ५० हजार १८१ जना छन्।

यस्तै एनसेल ६९ लाख ५० हजार ६१३ ग्राहक सहित दोस्रो स्थानमा छ। स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता १ लाख २७ हजार ५५१ जना छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया