भाद्र ६, २०८३ शनिबार August 22, 2026

खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण

प्रशिक्षणमा नेपालका सात र थाइल्याण्डका छ जना विज्ञले तालिम दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ साउनः खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि दुई दिने शिक्षक प्रशिक्षण सुरु भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी र थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको संयुक्त आयोजनामा सुरु भएको प्रशिक्षणमा नेपाल र भारतका गरी ५० जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपालका ४६ र भारतका चार जना शिक्षकको सहभागिता रहेको प्रशिक्षणमा विज्ञान शिक्षा र विज्ञान कूटनीतिबारे सहभागीलाई ज्ञान दिइने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

आज यहाँ कार्यक्रमको उद्घाटन गर्दै अष्ट्रियाका लागि पूर्वनेपाली राजदूत प्रकाशकुमार सुवेदीले विज्ञान कूटनीतिबारे अपेक्षाअनुसार काम हुन नसकेको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रममा विज्ञान कूटनीतिका विषय समेटिए पनि सोअनुसार कार्यान्वयन भने हुन सकेको भन्दै उहाँले सरोकार भएका सरकारी एवं गैरसरकारी निकायले प्रविधिलाई नै विज्ञान भनेर बुझिदिँदा समस्या भएको धारणा राख्नुभयो ।

थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाका अनुसन्धाता डा मतिपोन ताङमतिथामले शिक्षक समाजका अगुवा भएकाले उनीहरूलाई प्रशिक्षित गरिए यस विषयमा जागरण फैल्याउन सकिने बताउनुभयो । थाइल्याण्डमा काम गर्दाका अनुभव अन्य देशमा बाँडेर खगोल विज्ञानको क्षेत्रलाई समृद्ध बनाउने र यो कार्यक्रमको आयोजना पनि त्यसैको निरन्तरा भएको उहाँको भनाइ थियो ।

थाइल्याण्डमा १६ वर्षअघि संस्थाको स्थापना हुँदा जम्मा तीन जना खगोलशास्त्री रहेकामा हाल ३०० भन्दा बढीलाई यसबारे विज्ञ बनाउन सकिएको पनि अनुसन्धाता ताङमतिथामले सुनाउनुभयो ।

प्रशिक्षणमा नेपालका सात र थाइल्याण्डका छ जना विज्ञले तालिम दिने जनाइएको छ । तालिमपछि प्रशिक्षार्थीले नेपाल र भारतका विद्यार्थीका साथै समुदायस्तरमा पनि यस विषयमा जनचेतना जगाउने छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार