श्रावण २३, २०८३ शनिबार August 8, 2026

बालबालिका माथी हिंसा गरेको भन्दै मेटालाई ५६७ मिलियन डलर जरिवाना

यस मुद्दामा यसअघि सुनाइएको ३७५ मिलियन डलरको फैसलाका सम्बन्धमा पनि मेटाले पुनरावेदन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ साउन । न्यु मेक्सिकोका एक अमेरिकी न्यायाधीशले मेटालाई थप ५६७ मिलियन डलर तिर्न आदेश दिएका छन्।

आफ्ना प्लेटफर्महरूले बालबालिका माथि निम्त्याउने खतराहरूबारे सर्वसाधारणलाई सचेत गराउन असफल भएकोमा यो जरिवाना तोकिएको हो, बालबालिकाको सुरक्षासम्बन्धी विषयमा कम्पनी माथि लगाइएको यो अहिलेसम्मकै ठूलो जरिवाना हो।

न्यायाधीश ब्रायन बिडस्चिडले यस सामाजिक सञ्जाल कम्पनीलाई वायु प्रदूषणजस्तै ‘सार्वजनिक उपद्रव’को संज्ञा दिँदै कम्पनीले उक्त रकम भविष्यमा हुने हानि न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा जम्मा गर्नुपर्ने बताए।

बिहीबारको यो फैसला यस अघि सोही मुद्दामा मेटालाई तिर्न आदेश दिइएको ३७५ मिलियन डलरको जरिवानाभन्दा अतिरिक्त हो, जसले गर्दा कुल जरिवाना रकम ९४२ मिलियन डलर पुगेको छ।

न्यायाधीश बिडस्चिडले मेटाको तुलना एउटा कारखानासँग गरे, जसका उत्पादनहरू विज्ञापन र सामग्री हुन् भने बालबालिकामा पर्ने मनोवैज्ञानिक असर र उनीहरूको हुने यौन शोषण चाहिँ न्यूनीकरण गर्नुपर्ने प्रदूषण हुन्।

इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप र थ्रेड्सको स्वामित्व तथा सञ्चालन गर्ने कम्पनी मेटाका एक प्रवक्ताले बिहीबार भने, ‘हामी यस फैसलासँग असहमत छौं र यस विरुद्ध पुनरावेदन गर्नेछौं।’

‘हामी आफ्ना प्लेटफर्महरूमा मानिसहरूलाई सुरक्षित राख्न कडा मेहनत गर्छौं र गलत नियत भएका व्यक्ति तथा हानिकारक सामग्रीको पहिचान गरी हटाउने क्रममा आउने चुनौतीहरूबारे पारदर्शी रहँदै आएका छौं,’ उनीहरूले भने, ‘अनलाइनमा किशोरकिशोरीहरूको सुरक्षा गर्ने हाम्रो कार्यसम्पादनप्रति हामी विश्वस्त छौं र तथ्यहरूलाई गलत ढंगले प्रस्तुत गर्ने दाबीहरूको प्रतिवाद गरिरहनेछौं।’

यस मुद्दामा यसअघि सुनाइएको ३७५ मिलियन डलरको फैसलाका सम्बन्धमा पनि मेटाले पुनरावेदन गर्ने मनसाय व्यक्त गर्दै यस्तै किसिमको स्पष्टीकरण दिएको थियो। बालबालिकाको सुरक्षासम्बन्धी विषयमा कुनै राज्यले मेटाविरुद्ध मुद्दा जितेको यो पहिलो घटना थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धुरन्धरले कायम गर्यो अर्को कीर्तिमान, नेटफ्लिक्समा धेरै हेरिने गैरअंग्रेजी बन्यो चलचित्र
२०८३ श्रावण २३, शनिबार
बालबालिका माथी हिंसा गरेको भन्दै मेटालाई ५६७ मिलियन डलर जरिवाना
२०८३ श्रावण २३, शनिबार
अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस
२०८३ श्रावण २३, शनिबार
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार