काठमाडौँ– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् ।
कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
योसँगै, बाढीबाट प्रभावित नेपाल टेलिकमका १२० मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको पनि नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया