काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ ।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उपचार भइरहेका बिरामीमध्ये तीन जनाको सघन उपचार कक्ष (आइसियू) र दुई जनाको हाइकेयर (विशेष निगरानी) मा राखेर उपचार भइरहेको छ ।
अस्पतालमा ल्याइएकामध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको जनाउँदै डा सेढाईंले मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका उल्लेख गर्नुभयो । उहाँका अनुसार हालसम्म अस्पतालमा ल्याइएका बिरामीमध्ये ३९ जना डिस्चार्ज भइसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया