मोरङ। मोरङको उत्तरी क्षेत्रमा पर्ने विकट तथा ग्रामीण भेगका बासिन्दाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको एकदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर भव्यताका साथ सम्पन्न भएको छ।
आँखाका बिरामीहरूलाई उनीहरूकै स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरले यस क्षेत्रका स्थानीयहरूलाई ठूलाे राहत प्रदान गरेको छ।
शिविरको आयोजना र सञ्चालनका क्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्राप्त विवरण अनुसार यस शिविरमा कुल ३ हजार ५०० जना बिरामीको विस्तृत आँखा परीक्षण गरिएको छ।
परीक्षणका क्रममा मोतियाबिन्दुको समस्या देखिएका बिरामीहरूलाई प्राथमिकतामा राखी विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा २७५ जना मोतियाबिन्दुका बिरामीहरूको अत्याधुनिक प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ।
गाउँघरमै सहज रूपमा मोतियाबिन्दु जस्तो जटिल रोगको सफल उपचार पाएपछि बिरामी तथा उनीहरूका परिवारजनले खुसी व्यक्त गरेका छन्। समयमै उचित उपचार नपाउँदा अन्धोपनको जोखिममा रहेका नागरिकहरूका लागि यस्ता स्वास्थ्य शिविरहरूले पुनर्जीवन सरह काम गर्ने गरेका छन्।
स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र मोतियाबिन्दुकै कारण दृष्टि गुमाउनुपर्ने बाध्यताबाट बचाउन यस्ता अभियानहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया