भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप

अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज तथा उद्धार र राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन बढाएको छ ।

कम्पनीका अनुसार थपिएको सेवा शनिबारदेखि लागू हुनेछ । यससँगै प्रभावित क्षेत्रमा थप एक सातासम्म एनसेलका ग्राहकले उक्त सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अननेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त तीनदिने अवधि शुक्रबार सकिँदै छ ।

विपद्का बेला सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सञ्चार सेवाको महत्वपूर्ण भूमिका रहने भन्दै कम्पनीले निःशुल्क सेवाको अवधि थप गरेको जनाएको छ ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सेवा थप गरिएको बताए ।

१८ वटा मोबाइल टावर पुनः सञ्चालन

एनसेलले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ । थप ९ वटा प्रभावित टावर पुनः सञ्चालनका लागि काम भइरहेको कम्पनीले जनाएको छ ।

यसैगरी, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो ।

कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा सामाजिक सञ्जालमार्फत आवश्यक सूचनासमेत प्रवाह गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार