भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

चन्द्रमासअनुसार श्रावण महिनाको आज अन्तिम दिनसम्म देश–विदेशका भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ भदौः भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथमा आज विशेष पूजा, आराधना गर्नुभएको छ ।

नेता चौथाइवाले नेतृत्वको टोली आज बिहान पशुपतिनाथ मन्दिरमा रु दुई हजार १०० को सात वटा विशेष पूजाको रसिद काटेर विशेष पूजा, आराधना गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रुपा शाही बास्तोलाले राससलाई जानकारी दिनुभयो ।

चौथाइवालेको साथमा भारतका सांसद र पूर्वमन्त्री रविशङ्करप्रसाद सिंह पनि सहभागी हुनुभएको थियो । उहाँहरुलाई पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप राना, कोष सञ्चालक परिषद् सदस्य बास्तोलालगायतले पशुपति क्षेत्रमा स्वागत गर्नुभएको थियो ।

नेता चौथाइवाले नेतृत्वको समूहलाई आराध्यदेव भगवान् श्री पशुपतिनाथका मूल अर्चक गणेश भट्टले विशेष पूजा गराई टीका, प्रसाद लगाई दिनुभएको थियो । चान्द्रमासअनुसार श्रावण महिनाको आज अन्तिम दिनसम्म देश–विदेशका भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने गर्छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार