भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

भोटेकोशी बाढीः बाँकेका २७ जना सम्पर्कविहीन

बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँच जना अन्य जिल्लाबाट आएका तथा दुई जना भारतीय नागरिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके),१२ भदौःकामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार वेपत्ता भएकाहरूले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।

बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँच जना अन्य जिल्लाबाट आएका तथा दुई जना भारतीय नागरिक हुन् ।

रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय र जलविद्युत् आयोजना, गोसाइकुण्ड क्षेत्रमा व्यवसाय तथा कैलाश मानसरोवर तीर्थयात्रामा रहेका बाँकेका सर्वसाधारण सम्पर्कविहीन छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया