भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

नेपाल प्रेस युनियन उदयपुरको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत

उपाध्यक्षमा अस्मित पौडेल र अनिता कार्कीलाई चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाल प्रेस युनियन उदयपुर शाखाको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत चयन भएका छन्। प्रेस युनियन उदयपुरको सातौँ जिल्ला अधिवेशनबाट तामाङ सर्वसम्मत जिल्ला अध्यक्ष चयन भएका हुन्।

शुक्रबार सम्पन्न प्रेस युनियन उदयपुरको अधिवेशनले तामाङको अध्यक्षतामा उपाध्यक्षमा अस्मित पौडेल र अनिता कार्कीलाई चयन गरेको छ। यसैगरी जिल्ला सचिवमा किरण ढुंगाना, सहसचिवमा कुमार अविरल र कोषाध्यक्षमा अमित तामाङ चयन भएका छन्। निर्वाचित अध्यक्ष तामाङले नयाँ कार्यसमितिका पदाधिकारी चयन भएको जानकारी दिए।

यसैगरी जिल्ला कार्यसमितिको सदस्यहरूमा सञ्जीव चौधरी, रमेश मग्राती, सुमन सागर खतिवडा, विज्ञान पराजुली, मनिला राई, ठविन्द्र मगर, यशोदा पोखरेल र मिथुन ठाकुर रहेका छन्।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा श्याम राई, भक्तिविलास पोखरेल, केदारकुमार थापा, पशुराम थापा, नवीन राई, सन्तोषीकला तामाङ, यमुना आलेमगर र विदुर खड्कालाई चयन गरेको छ। यसअघि प्रेस युनियन उदयपुरको अध्यक्षमा पशुराम थापा रहेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रेस युनियन उदयपुरको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत
२०८३ भाद्र १२, शुक्रबार
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार