इस्लामाबाद, १२ भदौ : अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानले बिहीबार बताएको छ ।
पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताउनुभयो ।
साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले भन्नुभयो, “यो भ्रमण पाकिस्तानले द्वन्द्व अन्त्य गर्न र हर्मुज जलमार्ग पुनः खोल्ने पहलहरूलाई सहयोग गर्न जारी राखेको कूटनीतिक भूमिकाको पृष्ठभूमिमा गरिएको हो।”
उहाँले भन्नुभयो, “तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिरोध तोड्ने र क्षेत्रभरि शान्ति तथा स्थिरता पुनस्र्थापना गर्न वार्तामार्फत समाधान खोज्नेमा केन्द्रित थिए।”
पाकिस्तान चलिरहेको अमेरिकी–इरान गतिरोधसहित आफ्ना भ्रातृ राष्ट्रहरूसँगै मध्यपूर्व र खाडी सङ्कट समाधान गर्न समन्वित र इमानदार कूटनीतिक प्रयास जारी राखिरहेको प्रवक्ताले बताउनुभयो ।
अन्दराबीले मुनिरको भ्रमणले वाशिङ्टन र तेहरानबीचको मतभेद घटाउन पाकिस्तानका रचनात्मक प्रयासहरू देखाएको उहाँले दावी गर्नुभयो ।
इरानी नेतृत्वले तनाव न्यूनीकरण र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न इस्लामाबादका प्रयासहरूको प्रशंसा गरेको पनि उहाँले बताउनुभयो । रासस/सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया