काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न आगामी सोमबार (मंसिर ७ गते) दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेश दिएको हो ।
सोमबार हुने सुनुवाइमा रिट निवेदक कार्कीका कानुन व्यवसायी, उनलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल तथा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आ–आफ्नो पक्ष राख्नेछन् ।
दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले कार्कीलाई पदबाट हटाउने सरकारी निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया