मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसमा वित्तीय अपराधसम्बन्धी कार्यशाला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ मङ्सिरः प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभएको हो ।

उहाँले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सूचनाको सहज, समयमै र प्रभावकारी आदानप्रदान गर्ने प्रणाली सुदृढ बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानः वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ ।

कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको छ ।

सोही अवसरमा प्रहरी महानिरीक्षक डा केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह–भाग ३’ पुस्तक लोकार्पण गर्नुभयो । कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्नुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार