कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर

अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्चिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ३० कात्तिक: गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापना लागि प्रदेश सरकारले रु छ अर्ब रकम विनियोजन गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज भक्तपुरका सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउन उक्त रकम विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै विभिन्न मन्त्रालयका प्रस्तावित विकास बजेटमा कटौती पुनःस्थापना र पुनर्निर्माण अगाडि बढाउन लागेको बताउनुभयो ।

पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल अघि बढाउने बताउँदै मुख्यमन्त्री थापामगरले भन्नुभयो, “हामी पीडितलाई न्याय दिन प्रतिबद्ध छौँ । रसुवा बाढीका कारण घरवारविहीन हुनुभएका, आफन्तजन गुमाउनुकाको भौतिक रूपमा पुनःस्थापना तथा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव न्यूनीकरण, नीतिगत क्षमता विकास, अधिकार प्रत्याभूत, उत्तरदायित्व बहनलगायत विषयमा गम्भीर भएर अगाडि बढेका छौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार