विराटनगर, २९ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
सन्देशमा उहाँले कोशी प्रदेश सरकार सबै जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा विविधताबीचको एकता सुदृढ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया