कार्तिक २८, २०८३ शनिबार November 14, 2026

रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण

ऐतिहासिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, २८ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नौ वर्षदेखि रोकिएको रानीकोट गढीको पुरातात्विक उत्खनन पुनः सुरु गरी संरक्षण र पुनःनिर्माण गर्न पुरातत्व विभागको ध्यानाकर्षण गराउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ र ८ मा रहेको रानीकोट गढी तथा घ्याम्पेडाँडा–रानीकोट सडकखण्डको अनुगमनका क्रममा उहाँले ऐतिहासिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

पुरातत्व विभागले विसं २०७४ मङ्सिर १० देखि १६ गतेसम्म गरेको प्रारम्भिक उत्खननका क्रममा मल्लकालीन दरबारका अवशेष, इँट्टा र झिँगटी फेला पारेको थियो । थप उत्खनन गर्ने भन्दै रोकिएको काम नौ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन ।

मुख्यमन्त्री थापामगरले रानीकोट गढी उपत्यकाको प्राचीन बस्ती, सुरक्षा व्यवस्था र ऐतिहासिक राजनीतिक गतिविधिसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएकाले थप अध्ययन, उत्खनन र संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले गढीको पुनःनिर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले रानीकोट हुँदै काभ्रेपलाञ्चोकको पनौती जोड्ने छोटो सडकको भक्तपुर खण्ड घ्याम्पेडाँडा–रानीकोट सडक वर्षाका कारण जीर्ण बनेको उल्लेख गर्दै स्तरोन्नतिका लागि पहल र सम्बन्धित निकायबीच समन्वय गरिने बताउनुभयो ।

अनुगमनका क्रममा स्थानीय पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले सडकको जीर्ण अवस्थाले पर्यटकको आवागमनमा असर परेको जानकारी गराउनुभयो । उहाँले रानीकोट गढीको उत्खनन, संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले घ्याम्पेडाँडा–रानीकोट सडक स्तरोन्नति गरी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त सडकबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने र काभ्रेपलाञ्चोकतर्फ सडक स्तरोन्नतिको काम भइरहेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार